५२७ नेपाली विद्यार्थी अस्ट्रेलियाबाट देशनिकाला/महिला विद्यार्थी गैरकानुनी वेश्यालयमा समेत काम गर्ने गरेको रहस्य

अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुमाथि कडा निगरानी गर्न थालेपछि गत वर्ष हजारौँलाई विद्यार्थी भिसा रद्द गर्दै देश निकाला गरिएको छ। त्यसरी निकाला हुने मध्ये ५ सय २७ जना नेपालका परेका छन्। त्यहाँको अध्यागमन विभागले गएको वर्ष १५ हजार ६६ जना विद्यार्थीलाई देश निकाला गरेको थियो, जुन अघिल्लो वर्षभन्दा ३७ प्रतिशतले बढी हो।


निकाला भएका मध्ये ३ हजार ६ सय २४ जना क्लासमा नजाने वा विषयमा फेल हुनेहरु छन् भने २ हजार २ सय ३५ भिसा आफूले जे विषय पढ्छु भनेर आएको हो, त्यो नपढी गैरकानुनी रुपमा काम गर्नेहरुको रद्द भएको हो। द डेली टेलिग्राफका अनुसार ती मध्ये केही वेश्यालयमा समेत काम गर्थे।


देश निकाला गरिएका ५२७ जना नेपाली मध्ये कति पुरुष र कति महिला भन्ने तथ्याङ्क आएको छैन, वेश्यालयमा काम गरिरहेको भन्दै निकाला गरिनेमा नेपाली छात्राहरु पनि परेका छन् कि छैनन्, खुलेको छैन।