औसीको दिन देखि लगातार चौथीको दिन सम्म खेलिएको देउसी भैलोमा समाजबादी पार्टीका अदक्ष्य मुलायम सिंह यादवको घर देखि आम नेपालीको घर हुदै नेपाल एम्बेसी सम्म देउसी र भैलो खेलिएको थियो ।
देउसीमा अर्घाखाँची लगायत बिभिन्न जिल्लाका नेपालीहरुको करीब ८० जना जतीको उपस्थिती थियो ।
देउसी भैलोबाट उठेको रकम दिल्लीमा बिभिन्न झुग्गी बस्तीहरुमा बसने नेपाली परिवारको शिक्षा तथा स्वास्थमा लागनी गर्ने जानकारी संस्थाका अदध्क्ष दीपक जीसीले गराए।
उक्त देउसी भैलोमा नेपालबाट समेत ३ जना लोक दोहोरी गायकको विशेष उपस्थिती थियो ।
देउसी भैलोमा श्री जय प्रकाश खनाल, बिष्णु केसी, नारायण, बीके कृष्ण, सोभाखर पंथी, राजू केसी, गोपाल पाण्डे, रबी साहा, कृष्ण पौडेल, गीतांजलि शर्मा, लक्ष्मी सुबेदी, जेबी थापाको समेत विशेष भूमिका र सहयोग रहेको थियो ।
अन्त्यमा लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टका अदध्क्ष दीपक जीसीले संपूर्ण भैलो परिवार लगायत संपूर्ण सहयोगीहरुलाइ विशेष धन्यवाद दिएका थिए।



