आमा विदेश,बाबुको वेवास्ता,६ बालबच्चा वेपत्ता

घनश्याम गौतम – गुल्मी सहयोगी – 
यूएई डेस्क – आमा रोजगारीका लागि विदेश गएपछि बाबुले बेवास्ता गरेका कारण बेवारिसे बनेका गुल्मी जैसीथोकका ६ बालबालिका १ महिना देखी बेपत्ता छन् । 
घर छाडेर हिंडेका छोराछोरीको खोजी गरिदिन बाबु डिल्लीराज पोखरेल सातादेखि सदरमुकाम तम्घासमै छन् । पोखरेलका छोरा १९ वषर्ीय कमल, १४ वषर्ीय सुरेश, १३ वषर्ीय टीकाराम, ९ वषर्ीय अर्जुन, साढे २ वर्षको प्रेम र १७ वषर्ीया छोरी गोमा घर छाडेर हिंडेका हुन् । ९ वर्षे अर्जुन तम्घासकै होटलमा भाँडा माझेर बसेको सुने पनि अरुको कुनै पत्तो नभएको बाबुले बताए ।
छिमेकीका अनुसार साढे दुई वषर्ीय छोरा प्रेम र छोरी गोमा मर्भुङ्गमा गुरुको घरमा बस्दै आएको जानकारी पाएको सुनाए । अन्य चार छोरा कहाँ छन् भन्ने कुनै जानकारी छैन । घरमा खाने खर्च केही नभएकै बेला आमा विदेश हिंडेपछि बेवारिसे बनेका उनीहरुले दसैंअघि नै घर छाडेर हिंडेको छिमेकी मानबहादुर कुँवरले बताए । 
‘पहिला पनि आमा विदेश जान लाग्दा छोराछोरी साना भनेर हामीले फिर्ता गराएका थियौं’, कुँवरले भने, ‘अहिले भने कसैलाई जानकारी नदिई गइछन् ।’ आमाले घर छाडेदेखि बाबुले रक्सी खाएर हिंड्ने गरेकाले केटाकेटी भोकभोकै बस्नुपरेको थियो । पोखरेलको गाउँमा ५ रोपनी जग्गा जमिन भए पनि खेती नगर्ने र काम गरेर खाने गरेका थिए ।
आमा अहिले मध्य्पुर्वको खाडी मुलुकमा कार्यरत रहेको आशकां गाउंले ले गरेका छन । तर उनी कुन देश गएकी छन भन्ने खबर कसैलाई थाहा छैन।