यूएईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्‍यु

– उमाकान्त पाण्डे गाउंले


नोभेम्बर – ६ आबुधाबी- रोजगारीका लागि खाडीमुलुक संयुक्त अरव एमिरेट्स(यूएई)को दुबइमा कार्यरत एक नेपालीको सडक दुर्घटनामा परी मृत्‍यु भएको छ।


गत शुक्रबार भएको सडक दुर्घटनामा उनको मृत्‍यु भएको हो । हाल मुस्लिम समुदायको महान चाड बकर इदको सार्वजनिक बिदा परेकोले अन्य कानुनी प्रकृया अघी बड्न सकेको छैन।


गत ५ वर्ष अघीदेखी दुबईको जेवलालीमा रहेको वल्ड सेक्युरेटी कम्पनीमा कार्यरत तिलिया यादुवा गाविस वार्डन ९ धनुषाका राजेन्द्र शाहको ड्युटी जाने क्रममा चढेको सवारी दुर्घटना हुँदा मृत्‍यु भएको हो।


मृतक शाहको घरमा २ छोरि,१ छोरा सगै श्रीमती रहेका छन । उनिहरुको घरको अवस्था दयनिय छ , श्रीमानको मृत्‍युको खबरले श्रीमती रानी गुप्ता शाह बेहोस् जस्तै भएकी छन सहयोगीको भनाइलाई उद्रित गर्दै गीतामणी पाण्डेले भने।


मृतकको शब अहिले दुबइको अल रशिद अस्पतालमा छ।


खाडीमुलुकमा हुने यस्तै प्रकृतिका सडक दुर्घटना तथा अन्य घटनाबाट हुने कामदारको मृत्‍यु दर दिन प्रतिदिन बढ्दै छ। सम्बन्धित निकाय तथा सरोकारवाला हरुको ध्यान नजादा पीडित हरुले  उचित रुपमा क्षतीपुर्ती पाउन नसकेको गुनासो रहदै आएको छ।