युएईमा लखन स्मृतिकप भलिबल प्रतियोगिता/उपाधी तमु समाजको कब्जामा

– उमाकान्त पाण्डे गाउंले र गीता मणि पाण्डे


नेपाली मगर संघ यूएईको वार्षिक कार्यक्रम अन्तर्गत प्रथम सहीद लखन थापामगर स्मृति कप भलिबल प्रतियोगीता सफलता पूर्वक सम्पन्न भएको छ। मगरहरुको मिनाम ल्हेस (नयाँ बर्ष) र मुस्लिमहरुको दोश्रो महान चाड बकर ईदको अवसर पारेर संघको दुबई क्षेत्र समितिको आयोजनामा  दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा प्रतियोगिता भएको हो।


६ नोभेम्बर,२०११ देखि दुबई अलकुज स्थित बलदिया खेल मैदानमा भएको युएईव्यापी भलिवल खेल ७ नोभेम्बरमा सम्पन्न भयो ।


नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा नेपाली मगर संघ दुबई क्षेत्रीय समिती युएई द्वारा आयोजित प्रतियोगितात्मक खेलमा जम्मा २२ टिमले भाग लिएका थिए।


प्रतियोगिताको उद्घघाटनको समयमा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथी रहनु भएको थियो भने अन्य अतिथिहरुमा, नेपाल आदिवासी जनजाती महासंघ युएईका प्रथम उपाध्यक्ष डी.आर. गुरुङ,नेपाली समाजका कार्यवाहक अध्यक्ष भारत राना मगर,एनआरएन युएईका सचिव गोपाल कंडेल, कियाचु युएईका अध्यक्ष पिएस लिम्बु, तमु समाज युएईका महासचिव भोज राज घले , नेपाली मगर संघ युएईका कार्यवाहक अध्यक्ष नुन प्रसाद सोमै मगर लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु थिए।


आयोजक समितिका अध्यक्ष खेम रासकोटी मगरको सभापतित्वमा औपचारिक रुपमा उद्घाटनको बेला बोल्ने क्रममा मगर सँघ युएईका कार्य वाहक अध्यक्ष नुन प्रसाद सोमै मगरले सहभागी खेलाडी टिमहरु प्रमुख अतिथि, अतिथीहरु र उपस्थित सबैलाई हार्दिक आभार ब्यक्त गर्नुका साथै आयोजक समितिलाई पनि बिशेष धन्यवाद दिनु भएको थियो। त्यस्तै गरी प्रमुख अतिथी गिरमान थापा मगरले प्रथम शहिद लखन थापा मगर स्मृति कप भलिवल प्रतियोगीताको पहिलो खेलमा आफु एक खेलाडीको रुपमा सहभागी भएको र आज आएर यो प्रतियोतामा आफु प्रमुख अतिथीको रुपमा उपस्थित हुँदाको यो कस्तो संयोग हो भनेर अलि भावुक पनि हुनु भएको थियो । उहाले आयोजक शाखाको प्रसंसा गर्दै निरन्तरताको कामना पनि गर्नुभयो। उदघाटन कार्यक्रम संचालन नेपाली मगर संघ युएईका संगठन बिभाग प्रमुख चन्द्र विक्रम सारु मगरले गर्नु भएको थियो ।


२२ टीमको सहभागिता रहेको उक्त जम्बो भलिवल प्रतियोगिता २ दिन सम्म राति अबेर ११:३० बजे सम्म नेपाली मगर संघ युएईका भू.पु. केन्द्रीय सचिव धनेन्द्र मास्के राना मगरले आफ्नो कुशल कमेन्ट्रीका साथ सन्चालन गर्नु भएको थियो भने गणेश थापा मगर र यम पुन मगरले रेफ्रीको भूमिका निर्भाह गरेका थिए।


यसरी ६ नोभेम्बर बाट सुरु भएको खेल ७ नोभेम्बर राति करिब  ११:३० बजे सम्म चलेको थियो।


प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनलमा पुगेका डुलुस्को र तमु समाज युएई बीचको खेलमा तमु समाज युएई टिमले प्रथम स्थान हासिल गरेको थियो भने डुलुस्कोले दोश्रो स्थानमा चित्त बुझाएको थियो । प्रतियोगितामा बाग्लुंग ढोरपाटन तेश्रो भयो।


खेल अवधीभर अत्यधिक कुशल खेल प्रदर्शन गरेर आफ्नो टिमलाई प्रथम ट्रफी चुम्न सफल तुल्याउने तमु समाज युएईका   शोलेन्द्र गुरुङले उत्कृष्ट खेलाडीको उपाधी पाए।


उत्कृष्ट खेलाडीलाई नेपाल आदीवासी जनजाती महासँघ युएईको तर्फबाट कप तथा प्रमाण पत्र द्वारा महासंघका प्रथम उपाध्यक्ष डिआर गुरुङले  सम्मान गरे।                    


खेल समप्ती लगतै आयोजित पुरस्कार बितरण समरोहमा विजयी खेलाडिहरुलाई प्रमुख अतिथी तथा उपस्थित सम्पूर्ण अतिथी बाट पुरसकार वितरण समारोह गरिएको थियो।


पुरस्कार बितरण समारोहको सन्चालन नेपाली मगर संघ युएइका केन्द्रिय कोसाध्यक्ष उपेन्द्र राना मगरले गरेको जानकारी आयोजक नेपाली मगर संघ यूएईका कार्यबाहक अध्यक्ष नुन प्रसाद सोमै मगरले दिए।