अन्नपूर्ण मा.वि.लाई भूमिकास्थान नगरपालिकाले गर्यो ५० हजार नगद सहित सम्मान

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान–३, धारापानी स्थित अन्नपूर्ण मा.वि.लाई भूमिकास्थान नगरपालिकाले ५० हजार नगद सहित सम्मान गरेको छ । २०८१ सालको एस.इ.ई. मा पालिकाभरिमा उत्कृष्ट नतिजा ल्याउने अन्नपूर्णलाई भूमिकास्थानले नगद सहित कदरपत्रले सम्मान गरेको हो ।

अन्नपूर्ण मा.वि.धारापानीले गतबर्षको एसइइमा सहभागी सम्पूर्ण २२ जना विद्यार्थि उत्तिर्ण गराउन सफल भएको थियो । शुक्रबार एक कार्यक्रमको बिच भूमिकास्थानको सभाहल नुवाकोटमा विद्यालयका प्रधानध्यापक सुभाषचन्द्र बन्जाडे सहित शिक्षकहरुलाई सहभागी गराएर विद्यालयलाई नगद रु ५० हजार नगद, प्रशंसापत्र, करुवा र दोसल्लाले सम्मान गरिएको शिक्षा शाखा प्रमुख तुवलाल सापकोटाले बताउनुभएको छ । पालिकाभित्रका १३ वटै मा.वि.का वि.व्य.स. र प्रधानध्यापकसंगको नियमित बैठकको अवसरमा अन्नपूर्णलाई सम्मान गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख झविलाल थापाले उत्कृष्ट हुने विद्यालय र बिद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रमा अझै राम्रो प्रगति गर्न सुझाव दिनुभएको छ । नगरपालिकाले सिकाइको निरन्तरता र स्तरवृद्धिमा प्रेरित गर्न उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको बताउनुभएको छ । विद्यालयको शिक्षाको विकासका निम्ती आफुहरुले पढ्दै, कमाउँदै,रमाउँदै कार्यक्रम, बुक फ्रि फ्राइडे जस्ता कार्यक्रम संचालन गरेको नगरप्रमुख थापाको भनाई छ ।

अन्य पालिकामा भन्दा भूमिकास्थानमा शिक्षामा लगानी धेरै गरिएको स्मरण गराउँदै उहाँले लगानी अनुसार प्रतिफल निकाल्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा नगरउप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली लगायतले मन्तव्य राख्दै शिक्षा विना अन्य विकासको परिकल्पना गर्न नसकिने बताउनुभएको छ ।

गुणस्तरीय शिक्षाका लागि नगर सरकार निरन्तर लागी परेको भन्दै उहाँहरुले शिक्षाको लक्ष्यलाई भेटाउन सरोकारवाला सबै सक्रिय भएर लाग्न निर्देशन समेत गर्नुभयो । शिक्षा शाखा प्रमुख सापकोटाको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन भूमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले गर्नुभएको थियो । भूमिकास्थानले शिक्षामा उल्लेख्य सुधार गरेको देखिएको छ ।

कक्षा ८ को नतिजा १८ प्रतिशतबाट २९ प्रतिशत र कक्षा १० को नतिजा २२ प्रतिशतबाट ५५ प्रतिशतमा पुगेको दाबी गरिएको छ । “सिक्दै– कमाउँदै–रमाउँदै विद्यालय कार्यक्रम” संचालन गरिरहेको भूमिकास्थानले यसबर्षबाट “बुक फ्रि फ्राइडे” कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पालिकाले जनाएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु