पढ्न भन्दै कोठामा बोलाएर यौन सम्पर्क गर्ने शिक्षक पक्राउ

अखाँटा यूएई डेस्क – सिन्धुपाल्चोकमा शिक्षकले छात्राहरुलाई कोठामा  बोलाई यौन सम्पर्क गरेको आरोपममा एक शिक्षक पक्राउ परेका छन् । 
पढ्न कोठामा बोलाई उत्तेजक कथा र कहानी सुनाएर ६ जना छात्रमाथि जबरजस्ती अप्राकृतिक यौन सम्पर्क राखेको आरोपमा ती शिक्षक पक्राउ परेका हुन्।
पक्राउ पर्ने शिक्षकमा साँगाचोकस्थित जनजागृति उच्च माविका शिक्षक नारायण श्रेष्ठ रहेका छन् । हिजो पीडित विद्यार्थीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले शिक्षकविरुद्ध कारबाही अगाडी बढाएको छ । 
पीडितहरुले शिक्षक श्रेष्ठले आफूहरूमाथि बरम्बार अप्राकृतिक यौन सम्पर्क राखेर दुर्व्यवहार गर्दै आएको उललेख गरेका छन् । 
ती शिक्षकले पालैपालो बोलाएर दुर्व्यवहार गरेको पनि उनीहरुले बताएका छन् ।

अन्य समाचारहरु