– मदन श्रीस
दोहा । १० नोभेम्वर २०११ का दिन हिमालयन रेष्टुरेन्टमा प्रवासी आदीवासी जनजाती महासंघले अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष मित्रलाल शर्मालाई सम्मान गरेका छन । सो सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता शर्माले भन्नु भयो देशमा शान्ति र संविधान नवनी हरेक आन्दोलन गर्ने वातावरण नबन्ने र जातीयमुक्ति आन्दोन सफल बनाउन संविधान तत्काल बनाई जनतासम्म ल्याउनु पर्ने धारणा ब्याक्त गर्नुभयो । संघीयता देशका लागी घातक भएको र जनजातीहरुलाई नेपालका राजनैतिक दलहरुले संघीयताको नारा दिएर उपयोग गरेको बताउनु भयो ।
साथै संघियताले गर्दा राष्ट्रियता संकटमा परेको र राष्ट्रियता बचेमात्र जातीजनजाती र राजनैतिक दल रहने र राष्ट्रियता नरहे कोही पनि नरहने धारणा व्यक्त गर्नु भयो । आदिवासी जनजाती महासंघका पदाधिकारीहरुले विभिन्न धारणा र जिज्ञासा राखेका थिए ।
सो कार्यक्रम महासचिव विनेस तमाङ्गले संचालन गर्नु भएको थियो भने अतिथि शर्मालाई जनजाति महासंघका प्रमुख सल्लाहकार एनआरएन एनसिसिका अध्यक्ष अमृत गुरुङ्गले खाता ओडाएर सम्मान गर्नुभएको थियो।