ब्लड क्यान्सरका कारण यूएईमा एक नेपालीको अवस्था कस्टकर

– उमाकान्त पाण्डे गाउंले


नोभेम्बर १८ दुबइ – कामगरेर घर खर्च जुटाउने र घर-परीवारलाई सुखी र खुशी बनाउने मिठो सपना बोकेर बैदेशिक रोजगारका लागि सम्युत्त अरब एमिरेट्स यूएईको दुबइ आएका एक नेपाली नागरिकको अवस्था कस्टकर बनेको छ ।


रोजीरोटीका लागि ५ वर्ष अघी बाट दुबइ स्थित अल सायमा ग्रुप अन्तरगत पिकं बेरी रेस्टुरेण्ट(टावन सेन्टर)मा कार्यरत स्याङ्जा वालिङ १ का पूर्ण राना लाई अचानक ब्लड क्यान्सर लागे पछी उनको अवस्था कस्टकर बनेको हो।


हालउनलाई दुबईको अल रशिद अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। 


पहिलो चरण अन्तर्गत पहिलो पटक रगत परिवर्तन गरिसकिएको र यो क्रम १ सय दिन भित्र ४ वा ५ पटक गर्नु र बारम्बार रत्त परीक्षण तथा  परिवर्तन गरिरहनु पर्ने भएकोले उपचारमा ठुलो रकम लाग्न सक्ने जनाइएको छ।यधपी अहिले सम्म अस्पताल स्रोतलेनै उपचारमा सहयोग गरिरहेको छ।


उनको अवस्था बारे जानकारी पाए पछी अहिले सम्म यहाँ स्थित केही संघसस्था तथा ब्यातिहरुले उनको अवलोकन गर्न अस्पताल भ्रमण गरिसकेका छन । रानाको अवस्था बारे थाहा पाए पछी धरान दुबई हेल्पिंग ह्यान्ड्सले समाजिक सन्जाल फेसबूक मार्फतअभियान चलाएको छ।त्यसै गरी कल्याणकारी समिती यूएईले पनि अस्पातल भ्रमण गरी सकेको जनाएको छ।अब छिट्टै यहाँ स्थित बिभिन संघसस्थाको एउटा भेला गरी रानाको अवस्था र उनलाई सहयोग गर्न अपिल गरिने र आगामी दिनमा यस्ता समस्या आउँदा के कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ समयमै छलफल गर्नु पर्ने कल्याणकारी समितीका सल्लाहकार समाजसेवी बिदुर रावतले जनाए।


रावतले यसै समाचार मार्फत बिरामी लाई आर्थिक सहयोग गर्न तथा आगामी शुक्रबार दुबइमा सम्पूर्ण संघसस्था लाई बोलाएर छलफल गरिने भएकोले यहाँ स्थित आम सम्पूर्ण नेपाली समुदायमा सो कार्यक्रममा उपस्थिती जनाउन अनुरोध समेत गरेका छन।




यस् बारेमा अर्घाखाँची डट्कम् यूएई डेस्कले समेत पहल गर्ने भएको छ । अन्य जानकारी प्रकाशन गर्दै जाने छौ । – यूएई डेस्क