दुतावास र युवा संघको पहलमा यूएईमा ठगी गर्नेलाई कारबाही

– उमाकान्त पाण्डे “गाउंले”


नोभेम्बर – ०२१ आबुधाबी – “नेपालीलाई नेपालीले नै ठग्छन” सर्वसाधारणले प्राय उकेल्ने यो भनाइ यूएई प्रवासमा प्रमाणित भएको छ। यधपी सत्यको जित ढिलो चाढो  अबश्य छ भने जस्तो बिभिन्न प्रलोभन तथा धम्कीका भरमा ठगी गर्ने एक एक नेपालीलाई यूएईमा कारबाही गरिएको छ।


रोजगारीका लागि घरेलु ( हाउसमेड)कामदारको रुपमा यूएईको दुबइमा आएकी सिन्धुपाल्चोक ८ ठुलापोखराकी रमिला तमाङ लाई उनका आफन्तले नै ठगेको किटानी निवेदनका आधारमा कारबाही गरिएको हो ।


दुबइको एक स्थानीय कम्पनीमा कार्पेन्टर तथा ड्राइभरको रुपमा कार्यरत शर्मिलाका नन्दे भाई(नन्दको श्रीमान) पर्वत ५ बाल्कोटका लेक बहादुर क्षेत्रीलाई बिभिन्न बहानामा पैसा खाएको तथा बहुमुल्य धातु जडित गरगहना लगेको किटानी जाहेरी प्रवासी नेपाली युवा संघलाई शर्मिलाले दिएको आधारमा युवा संघको टोली दुतावास पुगेको र दुतावासको रोहबरमा उत्त सामान फिर्ता गराएको युवा संघले जनाएको छ ।


युवासंघ समक्ष आएको निवेदनका साथ संघका यूएई अध्यक्ष महेश गिरी , तथा संघका पदाधिकारी प्रभु भुजेल मगर, राजन थापा, सुमन बस्नेत, कृष्ण बुढाथोकी, अभय श्रेष्ठ, राजेन्द्र गुरुङ, नारायण प्रशाद चापागाइ, दिपक अधिकारी र बद्री कार्कीको टोली गत हप्ता दुतावास पुगेको थियो। टोलीसँग दुतावास उप नियोग प्रमुख दिपक अधिकारी, तथा दुतावासका प्रथम सचिव लोक बहादुर क्षेत्री, दितिय सचिव ललित प्रशाद श्रेष्ठ, र अन्य कर्मचारीले समन्ययब गरी ठगी गर्ने लेक बहादुर लाई समाजका अघी माफि मागाई लिएको सबै गरगहना तथा पैसा सोही समयमा नै फिर्ता गराइ अब आइन्दा गल्ती नदोराउन सचेत समेत गराइएको हो ।  


बैधानिकरुपमै कार्यरत भए पनि तिमी त खल्लीबल्ली (अरबिक भाषामा अबैधानिक) पर्‍यो,पुलीसले समातेमा तिमी सगभएको सबै गरगहना लगिदिन्छ , मलाई राख्न देउ भन्दै मागेको र पछी माग्दा बिभिन्न लाल्छना लगाउदै धम्काउने, ब्यात्तिगत अस्मिता माथिनै आघात पुग्ने सम्मको काम गर्ने गरेको , उजुरीका आधारमा क्षेत्रीलाई कारबाही गरिएको हो।


कुवेतमा कार्यरत शर्मिलाका श्रीमान लाई समेत फोन गरी भए नभएको कुरा लाईदिने र घर झगडा बढाउन खोज्ने भन्दै शर्मिलाले युवासंघलाई दुई साता अघी निवेदन दिएकी थिईन। पिडीत शर्मिलाका श्रीमानलाई फोन गरेर क्षेत्रीले ” तिम्रो श्रीमतीले यहाँ बच्चा समेत फाली र नचाहिदो काम गरी हिंडेकी छ” सम्मको आरोप लगाएको र आफ्नो ब्यात्तिगत आचरण समेत हत्या गर्न खोजेकोले न्याय पाउने आशामा आफ्नो गाउले छिमेकी दाई सिन्धुपाल्चोक ठुलापोखराका कुमार पाख्रिन मार्फत युवासंघ समक्ष निवेदन दिएको तमाङले प्रतिकृया दिईन।