
काठमाण्डौं, मंसिर ५ – काठमाण्डौंको ठमेल, नेपालमा पर्यटक धेरै बस्ने ठाउँमा पर्छ । त्यसैले दिउँसोदेखि मध्यरातसम्म चहलपहल हुन्छ ठमेलमा । तर ठमेलको चर्चा यतिमा मात्रै सिमित छैन । यौन व्यवसाय हुने भनेर चिनिएका मसाज सेन्टर ठमेलको अर्को पाटो हो । सोमवार दिउँसो सवा दुई बजे पत्रकार सहितको अनुगमन टोली ठमेलको न्यू ट्रेडिसनल थेरापीमा पुग्यो ।
ठमेल पर्यटन विकास परिषद्को अगुवाईको त्यो टोलीले न्यू ट्रेडिसनल थेरापीको एउटा कोठा बन्द देख्यो । तर भित्रबाट बन्द गरिएको कोठा लगातार ७