काठमाडौंको थापाथलीमा बम विष्फोट

काठमाडौंको थापाथलीमा मंगलवार दिउँसो बम विष्फोट भएको छ । थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको गेट अगाडि सुतली बम विष्फोट भएको हो । विष्फोटबाट केही पनि क्षति भएको छैन । बम विष्फोट भएको स्थानमा अर्को बम पनि फेला परेपछि सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको थियो । बम विष्फोट भएको स्थानमा नेपाल डिफेन्स आर्मी नामक संगठनको पर्चा फेला परेको प्रहरीले जनाएको छ । यसअघि पनि यही संगठनको नाममा चर्चमा विष्फोट गराइएको थियो । युनाइटेड मिसन टु नेपालले नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ईसाई धर्म प्रचारमा पनि यो संस्था उत्तिकै सक्रिय रहने गरेको छ ।

अन्य समाचारहरु