रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ब्लकबस्टर, पहिलो सातामा कति कमायो ?

imagesimages

 

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ ।

धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार २८ करोड भारु कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ३२ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले तेस्रो दिन आइतबार ४० करोड कमाई गरेको थियो भने चौथो दिन सोमबार २४.३० करोड र पाँचौं दिन मंगलबार २८.६० करोड कमाई गरेको थियो । त्यस्तै छैटौं दिन बुधबार २९.२० करोड कमाएको धुरन्धरले विहिबार २९.४० करोड कमाई गरेको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

 

Nepal life insurance