नेपाल – भारत मैत्री महत्सो २०१२ नया दिल्लीमा हुने

नई दिल्ली, भारत ।  कला , साहित्य र सस्कृतिको बिकाश गरौ ! नेपाल -भारत बिचको मैत्री पूर्ण सम्बन्ध कायम राखौ !! भन्ने मूल मान्यताका साथ लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्ट ( रजी ) को आयोजनामा भारतको राजधानी नया दिल्लीमा दिनाक : २६ जनवरी २०१२ का दिन “नेपाल – भारत मैत्री महत्सो २०१२ ” हुने भएको छ।


लुम्बिनी गौतम बुद्ध चेरिटेबल ट्रस्टको बसेको बैठकले उक्त महत्सोमा कमोडि, गीत तथा लोक दोहोरीको लागी नेपाल बाट श्री मनोज गुज्रेल, कुंती मोक्तान, खुमन अधिकारी र जमुना राना को बिसेस उपस्तित हुने जनाएको छ। साथ मा इस्थानीय कलाकार हरु बाट समेत बिसेस निर्त्य तथा सांगीतिक कार्यकर्म समेत प्रदसन गर्ने जनाएको छ।



उक्त महत्सोमा पूर्ब मेची देखि पश्चिम महाकाली सम्मका सस्किर्तिलाइ महत्वोका साथ स्थान दिने निणय गरियको छ। साथमा फ्री मेडिकल चेक -उप केम्प र दिल्ली मा बसोबास गर्ने झुग्गी बस्तीका नेपालीहरुलाइ कम्बल तथा अन्य जाड़ोका कपडा समेत बितरण गर्ने योजना रहेको संस्थाका अध्यक्ष दीपक जीसीले जानकारी गराउनु भएको छ।