प्यूठानमा अगलागीमा परी एकको मृत्यु

प्यूठान – खुङ ८ मा गएराती भएको आगलागीमा परी एक जनाको ज्यान गएको छ ।

 

साँझको बेला खना खाने समयमा भएको आगलागीमा घर मालिक सार्कि कामी भनिने डोर बहादुर बिकको ज्यान गएको हो ।

 

अन्दाजी ६० वषिर्य बिक घरमा आगलागी भएको बेला घरभित्रका सामान बाहीर निकाल्ने क्रममा आगोमा परी घाइते भएका थिए । घाइते बिकलाई उद्धार गर्दागर्दै बाहीर निकाल्ने क्रममा ज्यान गएको स्थानीयले बताएका छन् । बिकको विगत केहिवर्षेखि मानसिक सन्तुलन कमजोर भएकाले बाहीर निस्कन नसक्दा ज्यान गएको स्थानीय रिता गिरीले बताइन् । प्रहरी घटनास्थलतर्फजादै गरेकाले क्षतिको एकिन भइ नसकेको प्रहरी कर्यालय प्यूठानले जनाएको छ ।

अन्य समाचारहरु