संखुवासभाका पत्रकार किशोर बुढाथोकी माथि आक्रमण गर्नेलाई पाँच बर्ष कैदको फैसला

– दीपेन्द्र शाक्य

 

खाँदबारी – संखुवासभाका पत्रकार किशोर बुढाथोकी माथि आक्रमण गर्नेलाई जिल्ला अदालत चैनपुरले पाँच बर्ष कैदको फैसला गरेको छ ।

न्यायधीस सालीग्राम कोइरालाको इजलासले बुढाथोकीलाई आक्रमण गर्ने बिकास राई र रुपक राईलाई आईतबार ५/५ बर्ष कैदको फैसला सुनाएको हो । ज्यान मार्ने मुद्दा अन्तर्गत उनीहरुलाई ५/५ बर्षका लागि जेल चलान गरिएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।

अन्नपूर्ण पोष्टका संखुवासभा समाचारदाता रहेका बुढाथोकीलाई गत साउन २६ गते राती खाँदबारी नगरपालिका १० स्थित आफ्नै डेरामा सुतिरहेको बेला स्थानीय विकास राई र रुपक राईको समुहले अपहरणको शैलीमा निर्घात कुटपिट गर्नुका साथै धारिलो हतियार खुकुरी, लाठी र साईकलको चेन समेतले प्रहार गरेका थिए ।

जिल्ला न्यायाधीस सालिकराम कोईरालाको ईजलासले मुलुकी ऐनको अदालती वन्दोवस्तीको ११८ को (२) वमोजिम पुर्पक्षको लागि थुनामा राखी मुद्दाको कारवाही चलाउन गत भदौ २६ गते आदेश दिएको थियो ।

पत्रकार वुढाथोकी सुति रहेको स्थानवाट उठाई एकान्तमा लगेर खुकुरी प्रहार गरेको भनि मामा राजेन्द्र कार्कीले दर्ता गराएको थियो ।

बुढाथोकीलाई आक्रमण गरेर फरार रहेका अभियुक्त विकास राईलाई भदौ ८ गते राती दीदीङवाट र उनका सहयोगी रुपक राईलाई भदौ २ गते प्रहरीले याफुवाट पक्राउ गरेको थियो ।

अन्य समाचारहरु