अर्घाखाँचीको भूमिकास्थानमा प्रशासकिय भवन शिलन्यासः ८ करोड ९० लाखको सुविधायुक्त ४ तले भवन बन्ने (तस्बिर सहित )

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

पौष–११,अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रशासकीय भवन नयाँ बन्ने भएको छ । बिहिबार एक कार्यक्रमको बिच नगरप्रमुख झविलाल थापाले भवनको शिलान्यास गर्नुभएको हो ।

No photo description available.

८ करोड ९० लाख रूपैयाँमा निर्माण हुने भवनको एक समारोहबिच नगर प्रमुख थापाले शिलान्यास गर्नुभएको हो ।

May be an image of temple

पालिका स्थापनापछि सुरुवाती चरणमा ८ नम्बर वडाकार्यालयबाट सेवा थालेको भूमिकास्थानले पछि ब्लक÷पाटेशन गरि तयार पारिएको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आइरहेको थियो ।

No photo description available.

नगरपालिकाको वर्तमान कार्यपालिकाले गरेको निर्णय शिलान्याससँगै कार्यान्वयनको दिशामा अगाडि बढेको हो । संघिय सरकारको प्रशासकिय भवन म्याचिङ अनुदानबाट ४ करोड ४५ लाख र पालिकाको ४ करोड ४५ लाख गरि ८ करोड ९० लाखको लागतमा भूमिकास्थानले अत्याधुनिक सुविधासहितको प्रशासकीय भवन निर्माण गर्न लागेको हो ।

May be an image of temple

सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्दा नागरिकलाई एउटै छानोबाट स्थानिय सरकारका सबै सेवा उपलब्ध गराउन सहज र छरितो हुने नगरप्रमुख झविलाल थापाको विस्वाँस छ । साढे ४ तलाको प्रशासकिय भवन २०८४ मंसिर मसान्त सम्म निर्माण गरिसक्ने गरि खनाल ब्रदर्श कन्ट्रक्शन प्रा.ली.सन्धिखर्कले भवन निर्माणको जिम्मा लिएको छ ।

No photo description available.

भवन शिलान्यास कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख थापा सहित उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिकामा सक्रिय विभिन्न दलका प्रतिनिधिहरू र पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी लगायत सरोकारवालाको सहभागिता थियो ।

थप तस्बिर :

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

May be an image of temple

Nepal life insurance

अन्य समाचारहरु