एनआरएनए एनसीसी कतारको दोस्रो पूर्ण वैठक सम्पन्न

उमाकान्त पाण्डे गाउंले

 


 




यूएई डेस्क-गैर आवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद, कतारको दोस्रो पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरङको अध्यक्षतामा यसै साता सम्पन्न भएको छ । एनआरएनए-आईसीसी सचवि टि.बि. कार्की र आईसीसी मध्यपुर्व संयोजक नरेन्द्रभाटको समुपस्थिततिमा सम्पन्न वैठकमा संघका अध्यक्षको निर्देशन अनुसार संघका महासचिव क्रान्ति सिंहले ८ प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रस्ताववित प्रस्तावहरुमाथि छलफल गर्दै गत अक्टुवर १२ देखि १४ सम्म काठमाण्डौमा सम्पन्न भएको पाचौ एनआरएन विश्व सम्मेलनबाट निर्वाचित आईसीसी सचिव टि.बि. कार्की र आईसीसी मध्यपर्ूव संयोजक नरेन्द्र भाट साथै आईसीसी सल्लाहकार सदस्यमा मनोनित डा.देवकाजी डंगोललाई वधाई तथा सुभकामनाको प्रस्ताव पारित गर्दे अध्यक्ष गुरुङले क्रमशः सचवि र संयोजकलाई एनसीसीको तर्फबाट खादा लगाई सम्मान गरेका थिए । यसै गरि संघको प्रथम पर्ूण्ा पैठक पश्चात हाल सम्म संघले गरेका विभिन्न गतिविधी र सचिवालयले गरेेका निर्ण्र्ाारुको र्सवसम्मत रुपमा अनुमोदन गरिएको थियो ।


साथै कतारको तर्फबाट पाचौं एनआरएन विश्व सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदन तयारीमा सहयोग पुरयाउनुहुने बुद्धिजिवीहरु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु लगायत कतारको तर्फबाट प्रतिनिधित्व गर्नु भएका सम्पर्ूण्ा महानुभावहरुलाई धन्यवाद प्रस्ताव पारित गरियो ।


अध्यक्ष गुरुङ लगायत विश्व सम्मेलनमा सहभागिहरुले विश्वसममेलनको समिक्षा गरेका थिए । संघको निर्देशिका अनुसार उपसमितिहरुको गठन सम्बन्धि प्रस्ताव उपर छलफल गरि निम्न लिखित १२ वटा समिति गठन गर्दै सम्बन्धित समितिका संयोजकहरुको समेत मनोनयन गरिएकोछ । त्यसै गरि बैठकले गत सेप्टेमवरमा सम्पन्न भएको चौथो महाधिवेशनबाट निर्वाचित महिला संयोजक माला डंगोल र यूवा संयोजक उमेश अधिकारीलाई पनि समिति प्रकारकै समिति वनाउन अधिकार प्रत्योजन गरेको छ । उल्लेखित समितिका संयोजकहरुलाई आगामि परिषद भेलाबाट अनुमोदन गराउने गरि थप ४ सदस्यहरु सहित कुल ५ सदस्यीय समिति वनाई संघमा जानकारी गराउन निर्देश गरिएकोछ । नव गठित समिति र संयोजहरु निम्नानुसार रहेका छन् ।


क्र.सं समिति       संयोजक
१. संघ संस्था समन्वय समिति     प्रथम उपाध्यक्ष गुरुनारायण राना भाट
२. सामूहिक लागानी पर््रवर्द्धन तथा व्यवस्थापन समिति उपाध्यक्ष हिमालय गिरी
३. प्रचार प्रसार तथा जन सर्ंपर्क समिति   महासचिव क्रान्ति सिंह
४. वैदेशिक रोजगार व्यवस्थापन तथा श्रमिक कल्याण समिति सचिव विनोद भट्र्राई
५. आर्थिक समिति      कोषाध्यक्ष चुडामणी कार्की
६. सूरक्षा तथा जनचेतना अभिवृद्धि समिति   सदस्य नरेन्द्र भट्र्राई
७. साहित्य तथा प्रकाशन समिति    सदस्य गणेश वञ्जाडे
८. खेलकुद तथा अतिरिक्त क्रियाकलाप समिति  सदस्य कालमान तामाड.
९. अनुशासन तथा अनुगमन समिति     सदस्य तिलक र्घर्ति मगर
१०. संस्कृति कला तथा पर्यटन समिति    पार्ष बिमल गुरुङ
११. लेखा समिति       पार्ष रामप्रसाद गौतम
१२. निर्देशिका संसोधन समिति      सल्लाहकार बिल ब. गुरुङ


माथि उल्लेखित उपसमितिहरुको कार्यक्षेत्र र अधिकार पनि लिखित रुपमा संपर्ूण्ा संयोजकहरुलाई संघको वैठकबाट पारित गर्राई अधिकार प्रत्यायोजन गरेको छ । त्यसै गरि विगतका वर्षरु देखि एनसीसी कतारले गर्दै आएको सहयोग कार्यक्रमहरुलाई निरन्तरता दिने निर्ण्र्ाागरेको छ । तमू बौद्ध सेवासमितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारको अयोजनामा सम्पन्न गैर आवासीय नेपाली तारा, अनेसास र नवोदितद्धारा संयुक्तरुपमा आयोजित लक्ष्मीजयन्ती समारोहलाई सहयोग गर्न आएको अनुरोध अनुसार पर्ुव निर्ण्र्ाााई अनुमोदन गर्ने निर्ण्र्ाागरेको छ । एनआरएनए-एनसीसी कतारको चौथो राष्ट्रिय महाधिवेशनले गरेको निर्देशन अनुरुप आगामी जनवरी १३ तारिख २०१२ का दिन संघले आफ्नो कार्यकालमा सम्पन्न गर्ने प्रस्तावित कार्ययोजना सहित परिषद भेलाको आयोजना गर्ने निर्ण्र्ाागरेको छ । कारोवार दैनिकका समाचार सम्पादक तथा आफ्नो पत्रकारिता शुभारम्भ देखिनै वैदेशिक रोजगार र गैर आवासीय नेपालीको पक्षमा कलम चलाएका एनआरएन अभियानका सहयोगी यूवा पत्रकार विजयवावु खत्रिको असामयिक निधन प्रति श्राद्धान्जली अपर्ण्र्ाार्दै शोक प्रस्ताव पारित गरेकोछ साथै स्व.विजयबाबु खत्रिका आश्रति परिवारको सहयोगार्थ आर्थिक सहयोग संकलन गरि एक हप्ता भित्र एनआरएन सचिवालय काठमाण्डौ  मार्फ पठाउने निर्ण्र्ाागरेको छ ।


एनआरएनए-एनसीसी कतारको यस नयाँ कार्यकाल १०११ देखि १०१३ सम्मका लागि वितरित परिषद सदस्यहरुको परिचयपत्रमा हुन गएका गल्तीहरुको पहिचान गरी अविलम्व पार्षहरुलाई नयाँ परिचय पत्र वितरण गर्ने निर्ण्र्ाागरेको छ । अन्त्यमा सौहार्दपर्ूण्ा वातावरणमा वैठक सम्पन्न भएकोमा सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष अमृत गुरुङले वैठक समापन भएको जानकारी गराएका थिए ।