खाना पकाउने ग्यासको शिलिण्डर पड्किदा एक जनाको मृत्यु

सुनसरीको इटहरी नगरपालिका वडा नम्बर ६ बज्राहा गाउंमा खाना पकाउने ग्यासको शिलिण्डर पड्किदा ७० वर्षिय रामेश्वर मण्डलको मृत्यु भएको छ ।

 

घटनामा मण्डलका छोरा जितेन्द्र गम्भीर घाइते भएका छन् ।

 

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । आज विहान खाना पकाउने क्रममा रेगुलेटर लिकेज भई आगो लागेपछि सगुन ग्यासको सिलिण्डर पड्किएको हो ।

अन्य समाचारहरु