मध्य अफ्रिकी गणतन्त्रमा आम निर्वाचन सम्पन्न

imagesimages

 

काठमाडौँ । मध्य अफ्रिकी गणतन्त्रमा आईतवार शान्तिपूर्ण रूपमा आम निर्वाचन सम्पन्न भएको छ । मतदाताहरूले मुलुकको विकास र रोजगारीको आशा राख्दै उत्साहजनक सहभागिता जनाएका छन् ।

आईतवार राष्ट्रपतीय, व्यवस्थापिका, क्षेत्रीय र स्थानीय तहको निर्वाचनका लागि मतदान प्रक्रिया सम्पन्न भएको हो । स्थानीय समयअनुसार बिहान ६ बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म देशभर सञ्चालन भएको थियो । मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

 

Nepal life insurance