मंगलबार पौष १५ अर्थात तमु ल्होसारः अर्घाखाँचीको लक्ष्मीडाँडामा पनि भव्य रूपमा मनाइयो (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

पौष–१६,अर्घाखाँची- मंगलबार पौष १५, अर्थात तमु ल्होसारः अर्घाखाँचीको भूमिकास्थान–१० धनचौर लक्ष्मीडाँडामा पनि भव्य रूपमा मनाइएको छ ।

May be an image of one or more people, clarinet and SaqsaywamanNepal life insurance

गुरुङ समुदायले नयाँ वर्षको रूपमा मान्दै भएको तमु ल्होसारलाई मौलिक पहिचान, संस्कृति र सामाजिक एकतालाई मजबुत बनाउने विश्वासका साथ मनाउने गर्दछन् ।

May be an image of one or more people

यो अवसरमा आयोजित कार्यक्रममा भूमिकास्थान–१० का वडाध्यक्ष खगिश्वर पन्थीले गुरुङ समुदायको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्ता पर्वहरूले समाजमा आपसी सद्भाव र सांस्कृतिक सह–अस्तित्वलाई बलियो बनाउने उहाँको विस्वाँस छ ।

May be an image of one or more people and text

गुरुङ (तमु)समाज अर्घाखाँचीका अध्यक्ष डिल बहादुर गुरुङले ल्होसार गुरुङको भाषा, भेषभूषा र संस्कृतिसँग जोडिएको उल्लेख गर्दै संस्कृति संरक्षण र प्रबद्र्धनमा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

No photo description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान सचिव हृदय कूमार भुसाल, धनचौर अस्थायी प्रहरी चौकीका वरिष्ठ हल्दार स्वस्तिक गौडेल, धनचौर स्वास्थ्य चौकीका अहेब तिलक भट्टराई, सरस्वती आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा प्रसाद भट्टराई, पूर्व प्रधानाध्यापक तारापती भट्टराई, स्थानिय अगुवा कमल उचै, पश्चिम नेपाल बस व्यवसायी प्रा.लीका कर्मचारी नारायण बञ्जाडे, बसन्त बेल्वासे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

May be an image of one or more people

कार्यक्रममा बोल्दै उहाँहरुले गुरुङ जातिको सामाजिक तथा सांस्कृतिक योगदानको चर्चा गर्नुभयो । तमु ल्होसार केवल पर्व मात्र नभई गुरुङ समुदायको इतिहांस, संस्कृति र
जीवन पद्धतिसँग जोडिएको साझा पहिचान भएको लक्ष्मीडाँडा गुम्बाका प्रतिनिधि भोजन गुरुङले बताउनुभएको छ ।

May be an image of one or more people, people studying and text

कार्यक्रममा गुरुङ समुदायको मौलिकता झल्काउने घाटु नाच लगायतका परम्परागत कला, संस्कृति र संस्कार झल्काउने विविध सांस्कृतिक कोसेलीहरू प्रस्तुत गरिएको थियो ।

May be an image of one or more people

तमु समाज धनचौरका अध्यक्ष शिबलाल गुरुङको अध्यक्षता, हिमा गुरुङको स्वागत मन्तव्य र भोजन गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न खालका गुरुङ खानाका परिकार खाने, खुवाउने गरि रमाइलो समेत गरिएको आयोजकको भनाई छ ।

थप तस्बिर :

May be an image of one or more people

May be an image of one or more people and people studying

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people and tree

May be an image of one or more people and temple

May be an image of one or more people and tree

May be an image of one or more people, clarinet and Saqsaywaman

May be an image of one or more people

Nepal life insurance

अन्य समाचारहरु