नेपालमा टी–२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म

imagesimages

 

काठमाडौँ । भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म अर्थात पुस २१, २२ र २३ गते नेपालमा हुने भएको हो ।

Nepal life insurance

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन्।

टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

नेपालले विश्वकपमा आफ्नो पहिलो खेल इङल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा खेल्ने छ ।

 

Nepal life insurance