आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, कुवेती दिनार महँगियो

imagesimages

 

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको। तर, कुबेती दिनारसहितका केही मुद्रा महँगिएका राष्ट्र बैंकले जनाएको छ।

लगातार बढ्दै आएको अस्ट्रेलियन डलर र पाउन्डको मूल्य आज घटेको हो।

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा थियो।

images

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०८ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ७५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४७० रुपैयाँ ३८ पैसा थियो।

images

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५२ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

images

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#विदेशीमुद्रा / #विनिमयदर / #आजकोरेट / #बिहिबार / #Forex / #CurrencyRate / #AustralianDollar / #PoundSterling / #KuwaitiDinar / #NepalRastraBank / #ArghakhanchiCom / #arghakhanchicom

Nepal life insurance

Nepal life insurance

अन्य समाचारहरु