– लालबहादुर ढेंगा, दुबई, युएई
“तिम्रो मधुर मुस्कानले मलाई ढाट्यौ” बोल रहेको नेपाली म्युजिक भिडियो एल्बम “राम कसम” को गत १२ डिसेम्बरका दिन दीपक अधिकारीको निर्देशकमा दुबईमा छायांकन स्रुरु गरिएको छ।
पिएन सापकोटा, आशिष पुरुष, किरन खतीवडा,पार्वती गुरुङ, सम्झना गुरुङ, सम्झना वाइवा र निरु गुरुङ लगायत कलाकारको रुपमा रहेका उक्त म्युजिक भिडियोमा वि.वि.अनुरागीको संगीतलाई अर्जुन सोनामले आफ्नो मधुर स्वरमा सजाएका छन भने क्यामराम्यानको जिम्मेवारी जयराम लामाले सम्हालेका छन।
दुबईको मनोरम र झिलीमिली रमाइलो सहरमा छायांकन गरिएको सो म्युजिक भिडियो एल्बम “राम कसम” मा मूल्य, बटुवा र विलिभ जस्ता चर्चित एल्बममा मोडलिङ गरिसकेका आशिष पुरुष र नेपाली चलचित्र “कस्ले बनायो माया” का नायक तथा दुबईको लोक दोहोरी सांझमा गायक र कार्यक्रम प्रस्तोता समेत रहेका पिएन सापकोटाको मुख्य मोडलिङ रहेको छ।