महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस: आज सुपर सिक्सका तीन खेल हुदै

 

काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज सुपर सिक्सका तीन खेल हुदैछन् । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि स्कटल्याण्ड र आयरल्याण्ड खेल्दै छन् भने दिउसो १ बजेदेखि अमेरिका र नेदरल्याण्डस खेल्दैछन् । त्यस्तै माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि थाइल्याण्ड र बंगलादेशबीच खेल हुदैछ ।

१० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणपछि समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।

त्यस्तै आयोजक नेपालसहित चार देश बाहिरिएका थिए । समुह ए बाट पीएनजी र नामिबिया बाहिरिएका थिए भने समुह बी बाट नेपाल र जिम्बाबे बाहिरिएका थिए ।  नेपालले समुह चरणका ४ मध्ये एक खेलमा जितेपछि बाहिरिएको हो । नेपालले एक मात्र जित जिम्बाबेविरुद्ध हासिल गरेको थियो ।

अब सुपर सिक्समा हरेक देशले अर्को समुहका देशसँग एक एक खेल खेलेपछि शिर्ष चारमा हुने देश महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।

#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #महिला_टी२० #विश्वकप #ग्लोबल_क्वालिफायर #सुपरसिक्स #क्रिकेटसमाचार

Nepal life insuranceimagesimages