– उमाकान्त पाण्डे गाउंले
यूएई डेस्क – आबुधाबी – अर्घाखाँची स्थाई घर भई रोजगारीका लागि सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत अर्घाखाँची बासीको प्रथम भेला आगामी जनवरी १३ मा दुबइमा हुने भएको छ ।
यूएईमा रहेका बिभिन्न सामाजिक सस्थाहरु मध्ये जिल्ला स्तर अन्तरगत सबै भन्दा पुरानो संपर्क समती मानिने अर्घाखाँची समपर्क समिती लाई पुनर्गठन गर्न भन्दै सो भेला गर्न लागिएको हो।

हाल:यूएईमा अर्घाखाँची बासी युवाहरुको सकृयतामा ०७ महिना अघी देखी सन्चालन गरिएको अर्घाखाँची सामुहिक बचत कोष सन्चालित छ । कोषले आफ्नो क्षेत्र ब्यापक र यहाँ रहेका सम्पूर्ण अर्घाखाँची बासी लाई एउटै छाता मुनी सगंठित गर्दै लैजाने उद्देश्यले यूएईमा रहेका अर्घाखाँची बासीको लगत सकंलन कार्यलाई तिब्र रुपमा अघी बढाएको छ।
सामुहिक राहतकोष तथा सोही राहत कोष मार्फत यूएईमा रहेका अर्घाखाँची बासीको लगत सकंलन सगैं अब यूएई-अर्घाखाँची सम्पर्क समिती गठन गर्नका लागि सो भेलाको आयोजना गरिन लागिएको बचत कोषका सचिव राजु खड्काले जनाएका छन।
भेला दिउस २ बजे बाट सुरु हुने छ । कार्यक्रम सम्बन्धी थप जानकारी आबश्यक परेमा अर्घाखाँची सामुहिक बचत कोष यूएईका अध्यक्ष रबिलाल खनाल ०५५९८४१२५८ तथा सचिव राजु खड्का ०५०६३२१३५६ सम्पर्क गर्न सकिने जनाइएको छ।



