आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

विगत केही दिनदेखि लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि आज बढेको राष्ट्र बैंकले जनाएको छ।

Nepal life insurance

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा थियो।

यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ७१ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८२ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ९३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १५ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Nepal life insuranceimagesimages