काठमाडौं – राजधानी काठमाडौंका भिन्नभिन्न स्थानमा दुई बालबालिकाले आत्महत्या गरेका छन् । काठमाडौं चुनिखेलका ११ वर्षी ओमबहादुर नगरकोटी र ललितपुरको कुमारीपटीका धर्मविजय बज्राचार्यको घरमा काम गर्ने १५ वर्षीया निर्मला तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चुनिखेलका जयनकाजी नगरकोटीका छोरा आफ्नै घरको दोस्रो तलाको फलामे रडमा टेलिफोन तारको पासो लगाएर झुण्डिरहेको अवश्थामा प्रहरीले फेला पारेको थियो । बुढानिलकण्ठ प्रभागले आत्महत्याको कारणका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै, ललितपुरमा अर्काको घरमा काम गर्दै आएकी बालिकाले आफू सुत्ने झ्यालको भेन्टिलेसनमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।