दुबईमा नव बर्ष २०१२ को उपलक्ष्यमा भलिबल खेल सम्पन्न


 

यूएई डेस्क – पाथिभरा माउन्ट एभरेष्ट युवा क्लबले नव बर्ष २०१२ को उपलक्ष्यमा ३० डिसेम्बर देखी १ जनवरी २०१२ सम्म यूएईको दुबइ स्थित अल्कुजमा मैन्त्रीपूर्ण भलिबल खेल सम्पन्न गरेको छ।

 

शुक्रबार ३० डिसेम्बर २०११ मा उद्दघाटन कार्यक्रम क्लबका सचिब महेन्द्र राईले सन्चालन गरेका थिए भने क्लबका तर्फबाट स-सचिब कृष्ण पौडेलले सम्पूर्ण खेलाडी,दर्शक तथा अतिथिहरुलाई स्वागत मन्तब्यका साथै नव बर्ष २०१२ को शुभकामना ब्यक्त गरेका थिए।

 


 

क्लबका अध्यक्ष गुन्जमान गुरुङ र उपाध्यक्ष शिवराम गुरुङले भलिबल खेलको उद्दघाटन गरेका थिए।

उक्त भलिबल खेलमा दुबईमा रहेका नेपाली संघसंस्था तथा विभिन्न कम्पनीमा कार्यरत नेपाली तथा बिदेशी खेलाडी गरी जम्मा १४ टिमको सहभागीता
रहेको थियो।

 


 

सेमी फाइनल तथा फाईनल खेल १ जनवरी २०१२ मा सम्पन्न भएको थियो जसमा सेमीफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बाग्लुङ सेवा समाजका खेलाडी बिनोद खड्का म्यान अफ द म्याच घोषीत गरियो।

 


 

फाईनल खेलमा रयाक डिउटी फ्री ले दुबइ डिउटी फ्री लाई हराउदै उक्त भलिबल खेलको बिजय बन्न सफल भएको थियो।बिजेता तथा उपबिजेता दुबै टिमलाई ट्रफी,मेडल,र प्रमाण पत्र प्रदान गरिएको थियो ।