आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्यमा गिरावट, अमेरिकी डलर र दिनारको बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा थियो।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा छ। हिजो  अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ  ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#विदेशीमुद्रादर #विनिमयदर #अर्थसमाचार #बैंकअपडेट #अस्ट्रेलियनडलर #युरो #पाउन्ड #अमेरिकीडलर #दिनार #आर्थिकअपडेट #नेपालसमाचार #समसामयिकघटना #आजकोदर #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages