जनजाती महासंघ युएईले अन्जना गुरुङलाई सम्मान ग-यो

गितामणी पाण्डे

 

युएई दुवई । गत सुक्रवार याक यान यति रेष्टुरेण्टमा जनजाती महासंघका अध्यक्ष गिरमान थापाको सभापतित्व र अन्जना गुरुङको प्रमुख अतिथिको रुपमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको साचालन डि आर गुरुङले गर्नु भएको थियो । 

 

 राम मोक्तानको स्वागत मन्तव्य वाट सुरु भएको उक्त कार्यक्रममा पासाङ रेग्मि सेर्पा  पिएस लिम्वु मुन्चे राई नुनप्रसाद सोमै र डि आर गुरुङ लगायतले वोल्नु भएको थियो ।  कार्यक्रमको प्रमुख अतिथि अन्जना  गुरुङले मन्तव्य दिदैं भन्नुभयो यो ठाऊंमा आएर हजुरहरुको  कार्यक्रममा सहभागि हुन  पाउदा  सारै खुसि लागेको र जनजाती महासंघ युएईले सहयोग र प्रमाण पत्रले सम्मान गरेकोमा धन्यवाद दिदैं विदेशमा आउदा पनि हजुरहरुको मायाले नेपालमै रहे जस्तो भएको भन्दै सवैलाई आफनो रितिरिवाज कहिल्यै भुल्न नहुनेमा जोड दिदैं शुभकामना दिनु भएको थियो । 


अन्तमा सभापति गिरमान थापाले भन्नु भयो  गायिका र न्त्यमा निपुर्ण अन्जना गुरुङलाई  युएई एक हजार सात सय पचहत्तर नेपाली चालिस हजार रकम सहयोग र प्रमाण पत्रले सम्मान गरेको जानकारि दिदैं । मेरो व्यक्तिगत तर्फ वाट  तथा संस्थाको तर्फ वाट उपस्थित सवै जातिय संस्थाहरुलाई आर्थिक सहयोग गरिदिनु भएकोमा धन्यवाद दिदैं शुभकामना दिनु भएको थियो ।