आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: हिजो बढेको अमेरिकी डलर, युरो र दिनारको मूल्य आज कति?

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड,, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो भने अस्ट्रेलियन डलर, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको थियो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

Nepal life insurance

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ १८ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#विदेशीमुद्रादर #विनिमयदर #अमेरिकीडलर #युरो #दिनार #NepalForex #ForexUpdate #EconomicNews #NepalEconomy #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages