बेलायती सेनाले चार सय गोर्खा सैनिकलाई कटौती गर्ने घोषणा

काठमाडौ, – बेलायती सेनाले सुरक्षा क्षेत्रको पुर्नसंरचना कार्य अन्तरगत मंगलबार चार सय गोर्खा सैनिकलाई कटौती गर्ने घोषणा गरेको छ । हाल बेलायती सेनामा २९ सय गोर्खा सैनिक छन् । यो बेलायती सेनाको सैनिक कटौतीको दोस्रो चरण हो ।

काठमाडौंस्थित बेलायती दूतावासले मंगलबार जारी गरेको बिज्ञप्तिमा सन् २००७को अधुनिकीकरण अनुसार १५ बर्षको सेवा अवधी २२ बर्ष बनाइए पनि ब्रिगेड अफ गोर्खाको संख्या पनि बढेको उल्लेख गरिएको छ ।

‘यसबाट प्रभावित हुने सबैलाई १२ महिना अगाडी जानकारी गराइने छ साथै पुनस्थापना र भविश्यमा रोजगारीका अवसरको लागि बृहत कार्यक्रम दिइने छ’ बिज्ञप्तिमा भनिएको छ ।