

वर्षा गराउने प्रणाली आजदेखि पश्चिमतिर पनि विस्तार हुने भएको छ । पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आजदेखि पश्चिम नेपालमा वर्षा विस्तार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
#वर्षापूर्वानुमान #मौसम #पानीपर्ने #पश्चिमनेपाल #WeatherUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



