कस्तो छ आजको मौसम पूर्वानुमान ? नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी, बागमती र गण्डकी प्रदेशको  हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने  तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

#WeatherUpdate #NepalWeather #WeatherForecast #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages