
प्लास्टिक हटाउ वातावरण स्वच्छ हराभरा बनाऔँ भन्ने नाराका साथ उपलब्धि बचत तथा ऋण सहकारी संस्था र बालबालिका तथा नवजीवन नेपालले प्लास्टिक विरुद्ध जनचेतनामुलक अभियान सुरु गरेका छन् ।
राजधानीको कमलपोखरीबाट प्लास्टिक विरुद्ध जनचेतना जगाउने उद्धेश्यले निकालिएको -याली कमलपोखरी, धोविधारा हुँदै कमलपोखरीमै पुगेर समापन भएको थियो । -यालीमा सहभागीहरुले आफू बाचौँ अरुलाई पनि बचाऔँ, प्लास्टिकको विकल्प अरु नै खोजौं भनि आह्वान गरेका थिए । -यालीमा सहभागीहरुले प्लास्टिकको प्रयोगले वातावरण दूषित हुने भन्दै सर्वसाधारणलाई कागजको ब्याग वितरण गरेका थिए ।