दमक – झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गए राति जङ्गली हात्तीले ११ वटा छाप्रा भत्काएको छ ।
भारतीय सीमा क्षेत्रबाट राति एक बजे शिविरभित्र प्रवेश गरेका तीन चारवटा जङ्गली हात्तीले बेलडाँगी २ शिविरका एफ ३ र एफ ४ सेक्टरका ६ वटा तथा बेलडाँगी २ विस्तारित शिविरका बी ४ र सी ४ का पाँचवटा छाप्रा भत्काएको शिविर सचिव डिबी सुब्बाले जानकारी दिए । रासस



