आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: हिजो उच्च दरमा बढेका विदेशी मुद्राको विनिमयदर आज कति?

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

हिजो हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको अमेरिकी डलरको विनिमयदर आज स्थिर छ।  त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य पनि आज स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७१ पैसा छ।

images

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

images

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

images

#ForexUpdate #DollarRate #NepalForex #ExchangeRate #Remittance #FinanceNepal #TodayRate #CurrencyUpdate #Arghakhanchi #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु