नुवाकोटको मदानपुर गाउं बिकास समितिस्थित केउरिनीमा आज मिनिट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नुवाकोट चतुराले की साइली तामाङ र मदानपुरका युवराज लामा रहेका छन् ।
दुर्घटनामा १० जना गम्भिर घाइते भएका छन् ।
नुवाकोटको बाराहीबाट काठमाडौ आउंदै गरेको बा २ ख ३९ नम्वरको आइचर ट्रक सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।