मोटरसाइकलमा गइरहेको अवस्थामा रुख ढलेर चितवनमा एक जनाको मृत्यु

काठमाडौँ – मोटरसाइकलमा गइरहेको अवस्थामा रुख ढलेर चितवनमा एक जनाको मृत्यु भएको छ। शारदा नगर-८ रामपुर सडक छेउमा रहेको सिसौको रुख काट्ने क्रममा रुख ढलेर ना.६ प २०९४ नम्बरको मोटरसाइकलमाथि खसेको थियो।

घटनामा मोटरसाइकलमा रहेका दिव्यनगर-७ बस्ने होमबहादुर अर्यालको मृत्यु भएको छ भने भेषराज भुषाल घाइते भएका छन्।

 घाइते भएका अर्याललाई उपचारको लागि भरतपुर लाने क्रममा मृत्यु भएको थियो।


घटनाको अनुसन्धानको लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। नागरिक

अन्य समाचारहरु