मृगौला रोगीद्धारा आर्थिक सहयोगको लागि अनुरोध

– प्रेम स्याङतान तामाङ


सुनसरी जिल्ला िसंगिया गा।विस वार्ड नं ७की २६ वर्षिया मनमायातामाङको दुवै मृगौला खराव भएकोले निकै कष्टकर पूर्ण जिवन विताउँदै आएकीछिन् । मृगौला प्रत्यारोपन गर्न आर्थिक समस्या परेकोले प्रवासमा रहेका सम्पूर्णनेपालीदाजुभाई तथा दिदीवहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेकी छिन् ।

 

आर्थिक अभावका कारण मृगौला प्रत्यारोपन गर्न नसकेर हप्ताको दुईपटक डायलिस गर्देआई आई रहेकी पिडीत  मनमाया तामाङलेफोन सम्वादमा भनिन् । हप्तामा दुईपटक डायलिस गराउँदै आएको छु । एउटा मात्रमृगौला प्रत्यरोपन गर्न ५देखि ६ लाख सम्म पर्छ त्यतिका धेरै आर्थिक जुटाउन गाह्रोभएकोले प्रवासमा कार्यरत दयालु नेपाली दाजुभाई तथा दिदीवहिनी सामु आर्थिकसहयोगको लागि अनुरोध गरेकी हुँ ।

 

दुईवटा मृगौला प्रत्यारोपन गर्न नसके पनि एउटामात्र मृगौला प्रत्यरोपन गर्न पाए वाँच्न सकिन्थ्यो टेलिफोनमा भनिन् ।  पिडीत मनमायालाई सहयोग  गर्न चाहानु हुनेमहानुभावहरुले उनको मोवाइलमा सम्पर्क गर्न सकिनेछ । पिडीतको नेपालको सम्पर्क मोवाईलनम्वर ००९७७९८४९५५१९९७ रहेको छ ।

अन्य समाचारहरु