प्रवासी नेपाली संघ यूएइद्धारा आफ्नो संगठन बिस्तार

गिता मणी पाण्डे ।


जनवरी ३० २०१२ यूएइ । लामो समयदेखि यूएइ प्रवासमा कार्यरत प्रवासी नेपाली संघ यूएइका केन्द्रिय क्षेत्रिय पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच संघले आफ्नो आबुधाबी क्षेत्रिय समितिको अबिधेसन सम्पन्न गरेको छ ।

 


 

गत शुक्रवार २७ जनवरी २०१२ का दिन आबुधाबीमा सम्पन्न उक्त कार्यक्रमलाई संघका केन्द्रिय उपाध्यक्ष भुवन िसं राई केन्द्रिय संवाद सचिव श्यामराज पाठक केन्द्रिय सदस्य तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएइका उपाध्यक्ष कृष्ण प्रसाद भुषाल केन्द्रिय सदस्य तथा उक्त कार्यक्रम संयोजक गोबिन्द प्रसाद खनाल प्रवासी नेपाली युवा संघ यूएइका अध्यक्ष महेश गिरी तथा नेकपा एमाले धादिङ जिल्ला कमिटिका भुपु सदस्य भक्त बहादुर लामिछाने लगायतले सम्बोधन गर्दै यस प्रवासमा संघले खेलेको भुमिका प्रभावकारीता तथा आउदा दिनमा संघले निर्वाह गर्नु पर्ने भुमिकाका बारेमा कार्यकर्ता पंक्तिलाई जानकारी गराउदै अन्याय  अत्याचारका बिरुद्ध र शोषित  पीडितका पक्षमा  सधैं संघर्ष जारी साख्दै यहां कार्यरत श्रमीकहरुका पीर मर्कालाई नजिकबाट बुझेर ती समस्या समाधानका लागी दुतावास तथा यहां कार्यरत अन्य बिभिन्न संघ संस्था संग हातेमालो गर्दै आवस्यक कदम चाल्ने काम संघबाट भइरहेको र यसको प्रभावकारीता आगामी दिनहरुमा अझ बढाउदै लगिनु पर्नेमा जोड दिएका थिए ।

 

संघकै आबुधाबी क्षेत्रिय समितिका अध्यक्ष भेषराज ढकालको अध्यक्षता तथा समितिकै सचीव उत्तम अधिकारीद्धारा संचालित सो कार्यक्रमले समितिको गत कार्यकालको कार्य प्रगति बिबरण सहितको आर्थिक प्रतिबेदन पारित गर्दै आगामी कार्यकालको लागी लेखनाथ न्यौपानेको नेतृत्वमा ११ सदस्यिय आबुधाबी क्षेत्रिय समितिको नयां कार्य समिति चयन गरेको छ ।

 


 

कार्यक्रमका बक्ताहरुले यस समितिको गत कार्यकाल अत्यन्तै सफल र सर्हानिय रहेकोमा निवर्तमान अध्यक्ष तथा सचीवलाई बिषेस धन्यबाद दिदै नया कार्य समितिलाई सफल कार्यकालको लागी शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रको बर्तमान अति संवेदनशिल संक्रमणकालीन परिस्थितिमा नेकपा एमालेले खेलिरहेको भुमिका तथा जारी शान्ति प्रकि्रया र नयां संविधान निर्माणमा देखिएका समस्या र सो को निराकरणका लागी एमालेले देखाएको सकि्रएता  यस प्रवासमा प्रवासी नेपाली संघको उपस्थिति तथा भाबी कार्ययोजना  संगठन प्रति सदस्यहरुको उत्तरदायित्व  संगठन निर्माणका महत्व लगायतका बिबिध बिषयमा उपस्थित कार्यकर्ता पंक्तिलाई प्रशिक्षण समेत दिइएको थियो । यसका साथै प्रवासमा सामाजिक  जनजागरणखेलकुद कार्यक्रमको आयोजना तथा अन्य रचनात्मक तथा राहत उद्धारको कार्य गर्न संघले छिट्टै नयां कार्यक्रम थालनी गर्नु पर्ने हुदा  बढि भन्दा बढि कार्यकर्तालाइ सहभागी हुन जोड दिइयो । साथ साथै यस यूएइभर पैदल यात्रीले बाटो काट्ने समयमा तोकिएको स्थानबाट पैदल यात्रीको लागी हरियो बत्ति बलेपछि मात्रै सो काम गर्नु पर्ने र हडबडमा यस्ता कुरा वास्ता नगरी अघि बढ्नाले ठुलो रकम हर्जाना तिर्नु पर्ने हुन सक्ने तथा ज्यान समेत जान सक्ने हुनाले बिषेश सतर्कता अपनाउदै यस्ता नियम कानुनको अनिवार्य पालना गर्न तथा यस बारॆ सकेसम्मको प्रचार प्रसार सबैले गर्नुपर्नेमा जोड दिइएको थियो ।


सोह दिन संघले आफ्नो मुसाफा क्षेत्रिय समितिको पनि आगामी कार्यकालको लागी नयां कार्य समिति चयन गरेको छ । मुसाफाको आइक्याडमा सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालको लागी पनि नेतृत्वमा राम बहादुर भण्डारीलाई नै निरन्तराता दिदै ७ सदस्यिय नयां कार्य समिति गठन गरेको हो । उक्त क्षेत्रिय समितिका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संघकै केन्द्रिय उपाध्यक्ष भुवन िसं राई रहेका थिए भने संघकै आबुधाबी क्षेत्रिय समितिका निवर्तमान सचीव उत्तम अधिकारीद्धारा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष भण्डारीले यस क्षेत्रमा दशौं हजारका संख्यामा नेपाली श्रमीकहरु रहे संगसंगै समस्या र सम्भावना पनि सोहि अनुरुपमा देखा परेका औंल्याउदै आगामी दिनमा यस क्षेत्रमा संगठन निर्माण तथा बिस्तारमा सकि्रयताका साथ लागी पर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।