कस्तो छ आजको मौसम पूर्वानुमान ?

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भईरहेको छ।

Single Image

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी  प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ।

आज राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने,  लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

#मौसम #आजकोमौसम #मौसमपूर्वानुमान #WeatherUpdate #NepalWeather #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

May be an image of textNepal life insuranceimagesimagesimages