त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टीको खरबारीमा अचानक आगलागी

त्रिभुवन विमानस्थल धावन मार्गसंगैको खरबारीमा आगलागी


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टीको खरबारीमा आज साँझ अचानक आगलागी भएको छ । साँझ पौने ६ बजे पूर्व पट्टी पेप्सीकोलासंगैको खरबारीबाट सल्किएको आगो विमानस्थलतर्फ फैलिएको थियो । विमानस्थलतर्फ आगोका लप्का देखिन थालेपछि उडान र अवतरण रोकिएको थियो भने विमानस्थलमा सवैतिर विजुली काटिएको थियो । आगलागी लगत्तै तीन वटा दमकलबाट आगो निभाउने प्रयास गरिएको थियो । विमानस्थलमा रहेको सेना, प्रहरी तथा सर्वसाधारण पनि आगो निभाउन खटिएका थिए । आगलागीका कारण विमानस्थल नजिकका वासिन्दामा भागदौड मच्चिएको थियो ।

अन्य समाचारहरु