अब फिल्म निर्देशन गर्दिन- डेविड धवन

काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्देशक डेविड धवनले अब फिल्म निर्देशन नगर्ने बताएका छन् । आफ्नो नयाँ चलचित्र ‘है जवानी तो इश्क होना है’ आफ्नो करिअरको अन्तिम चलचित्र हुने बताएर अब फिल्म निर्देशन नगर्ने स्पष्ट गरेका हुन् ।

यस चलचित्रको टिजर हालै सार्वजनिक भएको छ र छिट्टै प्रदर्शनको तयारीमा रहेको छ। तर प्रदर्शनअघि नै निर्देशक धवनले दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

एक अन्तर्वार्तामा उनले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अब धेरै चलचित्र निर्देशन नगर्ने बताए । ७४ बर्षिय धवनले भने, अब आफूले थप चलचित्र निर्देशनको सम्भावना नरहेको र यो नै अन्तिम भएको बताए । साथै उनले अब आफू केवल छोरा वरुण धवन का बुबाका रूपमा बस्ने इच्छा व्यक्त गरे ।

तीन दशकभन्दा लामो करिअरमा ४५ भन्दा बढी चलचित्र निर्देशन गरेका धवनले आफ्नो यात्राप्रति सन्तुष्टि व्यक्त गरेका छन् । उनले संजय दत्त, अनिल कपूर, गोविंदा र सलमान खान जस्ता चर्चित कलाकारसँग काम गरेका छन् । साथै आफ्नो चलचित्र निर्माण शैली विकास गर्न मनमोहन देसाईबाट प्रेरणा पाएको उनले बताएका छन् ।

उनको नयाँ चलचित्र २२ मे २०२६ मा हलमा प्रदर्शनमा आउने तय भएको छ । डेविड धवन र वरुण धवन को बुबा-छोराको जोडी यसअघि ‘मैं तेरा हीरो’ र ‘जुड़वा २’ पछि यो तेस्रो सहकार्य हो । चलचित्रमा वरुण धवन, मृणाल ठाकुर र पूजा हेग्डे मुख्य भूमिकामा रहेका छन् ।

 

Nepal life insuranceimagesimagesimages