जाजरकोटमा एक ३८ वर्षीया सुत्केरीको अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु

– भीमबहादुर सिंह

 

जाजरकोट – जाजरकोटमा एक सुत्केरीको आइतबार बाटोमै मृत्यु भएको छ । पैक -२, मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजाँदै गर्दा ढीमे -९, नारे गाउँमा मृत्यु भएको हो ।

सुत्केरी ब्यथाबाट पिडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय उज्याल गिरीले बताए । स्वास्थ्य शिक्षा सम्बन्धि चेतना तथा सुविधा सम्पन्न अस्पतालसागको पहुाचको अभावले जिल्लामा यो बर्ष डेढ दर्जन सुत्केरी महिलाको मृत्यु भइसकेको छ ।

अन्य समाचारहरु