अर्घाखाँची सम्पर्क समिति युएईद्वारा श्रद्धाञ्जली व्यक्त

– नारायण अधिकारी

 

दुबई १० फेब्रुवरी २०१२ । अर्घाखाँची सम्पर्क समिति युएईका उपाध्यक्ष श्री सम्राट केसीको अध्यक्षतामा सम्पन्न दोश्रो बैठकमा अध्यक्ष राजु खडकाका पिताको गत सोमबार ६ फेब्रुवरीका दिन नेपालमा असामयिक निधन भएकोमा र यस संस्थाका सदस्य अर्जुन खडकाका भाई वर्ष २६ अनुप खडकाको गत २९ जनवरीका दिन दुबईमा असामयिक निधन भएकोमा यो दुखद घडीमा सोक सन्तप्त परिवारपर्ति धर्यधारण गर्ने क्षमता र मृतात्मामा चीर शान्ति प्राप्तीको कामनाका साथै उहाँहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोक प्रस्ताव पारित गरिएको छ ।


यस संस्थाका अध्यक्षलाई पितृसोक परी नेपाल जानुपरेकोले यस अघिनै घोषित १७ फेब्रुवरीको भेटघाट तथा पिकनिक कार्यक्रमलाई सो दिन स्थगित गरी आगामि २३ मार्च शुक्रबारका दिन अल ममजार पार्क दुबईमा आयोजना गर्ने निर्णय गरिएको छ ।


यस बैठकमा जुमेराह ग्रुपको वाइल्डवादी वाटरपार्कमा कार्यरत रहेका र सोही कम्पनीको अलकुजको ओसिस भिलेज कर्मचारी आवास गृहमा बस्दै आएका अनुप खडकाको असामयिक निधन भएको र हालसम्म पनि पोष्टमार्टम हुन नसकी मृत शरीर रसिद हस्पिटलमा नै रहेकोले आवश्यक पहलकदमी गरिदिन मृतकका दाजु अर्जुन खडकाबाट अनुरोध भए अनुसार नेपाली राजदूतावास आबुधाबीमा निवेदन दिई छिटोभन्दा छिटो मृत शरीर नेपाल पठाउन सहयोग पुर्याउनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।


सो बैठकमा अर्घाखाँचीवासीहरुलाई परि आउने विभिन्न खाले समस्याहरुलाई सरल एवं सहजरुपमा हल गर्न र सोको लागि आवश्यक पर्ने रकमको व्यवस्था गर्नका लागि राहत संकलन र एक भरपर्दो राहतकोषको व्यवस्था गर्ने सम्बन्धमा पनि चर्चा गर्दै यसको आवश्यकतालाई महशुस गरिएको छ ।