आइपीएलमा सबैभन्दा रनरेटकाे रेकर्ड, एकैदिनमा ९८६ रन

 

काठमाडौं, १३ बैशाख । शनिबार आइपीएल २०२६ मा नयाँ रेकर्ड बनाएको दिन बनेको छ ।

हिजो भएको पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्स विरुद्ध २६५ रनको उच्चतम रन पछ्याउने रेकर्ड पूरा गरेको हो ।

दोस्रो खेलमा, सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको थियो । यी दुई खेलहरू संयुक्त रूपमा आईपीएल इतिहासमा एकल(दिवसीय कुल ९८६ रन बनेर नयाँ रेकर्ड कायम भएको हो ।

हिजो भएको खेलमा १५ वर्षीय वैभव सूर्यवंशीले केवल ३६ बलमा आफ्नो दोस्रो शतक पूरा गर्दै ५० छक्का प्रहार गर्ने सबैभन्दा छिटो ब्याट्सम्यान बन्न पनि सफल भएका थियो ।

आइपीएल इतिहासमा एकै दिनमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड शनिबार बनेको आइपीएल टिमले जनाएको छ, हिजो भएको जब दुई खेलमा कुल ९८६ रन बनेका थिए।

दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स बीचको खेलमा  क्रमशः २६४ र २६५ रन बनेका थिए भने राजस्थान र हैदराबाद बीचको खेलमा क्रमशः २२८ र २२९ रन बनेका थिए । यसअघि २०२४ मा एकै दिनमा ८९९ रन बनेका थिए भने २०२६ मा अर्को दिन ८४३ रन पनि बनेको रेकर्ड थियो ।

 

Nepal life insuranceimagesimagesimages