पत्नी गीता ढकाल हत्याको अभियोग लागेका सशस्त्र प्रहरीका डिआईजी रञ्जन कोइरालालाई आज पुर्पक्षको लागि जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वालकृष्ण उप्रेतिको इजलासले कोइरालालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
प्रहरीले सोही हत्या अभियोगमा सहअभियुक्त बनाएर मुद्दा दर्ता गरिएकी रञ्जन कोइराकी प्रेमिका तार रेग्मीलाई भने १ लाख रुपैँया घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
डिआईजी कोइरालाले पत्नी गितालाई गत पुस २७ गते काठमाडौको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए । मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका थिए ।
कोइरालाकी प्रेमिका तारालाई भने माघ २३ गते डिल्लीबजारबाट पक्राउ गरिएको थियो ।