ओमान कुरुम एरिया समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

– शालीकराम आचार्य 

                                 
ओमान मस्कट – १७/०२/२०१२ ओमान नेपाली एकता समाज केन्द्रिय समिति अन्र्तगत कुरुम एरिया समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ  ।  दुर्गा प्रशाद ढकालको अध्यक्षता तथा केन्द्रिय सहसचिब शिबलाल गिरीको सन्चालन रहेको भेलाका अथितीमा  ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष सोभाकान्त लामिछाने महासचिव शालीक राम आचार्य केन्द्रिय सचिव धन बहादुर क्षेत्री केन्द्रिय कोशाअध्यक्ष बिष्णु अर्याल तथा खेलकुद समितिका अध्यक्ष सोमे तामाँ; रहेका थीय  ।


कुरुम एरिया समितिका पदाधीकारीहरु तथा कुरुम एरीयाका मजदुर नेपालीहरुको भेलामा सैद्धान्तिक तथा अन्तराष्ट्रिय नेपाली एकता समाजको बारेमा जानकारी दिदै प्रशिक्षक सोभाकान्त लामिछानेले नेपाली एकता समाज स्थापना काल देखीनै मजदुरहरुको हक हितको लागी लडदै आएको तथा संसारका शोसित पिडीत् बर्ग संग हातेमालो गरीआएको  नेपाली एकता समाजका उदेस्य बारे जानकारी गराउदै ओमानमा पनि २००७ देखी गठन भई २००९देखी सकि्रयताको साथ पिडीत नेपालीहरुका लागी खटिरहेको जानकारी गराएका  थिए  ।  अनुशासनको बारेमा बताउंदै प्रशिक्षक शालीक राम आचार्यले बताए  एक र्कमठ व्यत्तित्वको पहिचान नै अनुशासनहो तथा हामी सबैले अनुशासनको पालना गर्नु प्रने तथा अनुशासनमा रहेमा हुने फाईदाहरु पाउन आफु नै जिम्मेवारी व्याक्त्ती हुनपर्ने आबस्यकता रहेकोछ  हामी घर भित्र या बाहिर जहां रहेता पनी एक नियमको पालना गर्नु पर्ने हुनाले सबैमा अनुशासनको साथ एक जुट भएमा सबै खाले बिक्रीती र बिसंगति लाई प्रहस्त  गरिने दाबी गरेका थिए ।


ओमान नेपाली एकता समाज केन्द्रिय समिती अन्र्तगत  कुरुम एरीया समिती  गत ०३/०२/२०१२ का दिन गठन गरीएकोथियो ओमान नेपाली एकता समाज कुरुम एरीया समितीका पदाधीकारीहरु यसपर्कार रहेकाछन  अध्यक्ष दुर्गा प्रशाद ढकाल  उपाध्यक्ष जमुना अधिकारी सचिव मन गाहा सहसचिब तुल्सीराम भुर्तेल कोशाध्यक्ष तुल्सी कंडेल  सदस्यहरु अनीता सापकोटा गिता भन्डारी अमर बहादुर परियार  निम लाल खनाल असोक के।सी। स्याम कंडेल डिलाराम खनाल लोकेन्द्र बोगटी थमलाल पौडेल हेमलाल चालीसे सल्लाहाकार गोबिन्द अधिकारी बैकल्पिक सदस्यहरु मन्जुं बानिया तथा प्रकाश थापा रहेकाछन ।